हाम्रो यस सामुदायिक समाचार नेटवर्कका संचालक तथा अरनिको न्युजका सम्पादक नानिराम नेपालको मिति २०७८ साल मंसिर २ गते हृदयघातका कारण मृत्यु भएकाले हामी सामुदायिक समाचार नेटवर्क तथा अरनिको न्युज परिवार अत्यन्त मर्माहित भएका छौ । मृतक नानिराम नेपाल प्रति यस मिडिया हार्दिक श्रदान्जली तथा शोकसन्तव्ध परिवारमा समवेदना व्यक्त गर्दछौ । निजको मृत्यु पछि हाम्रो मिडियाले नियमित रुपमा आफ्नो सेवा प्रदान गर्न सकेका थिएनौ । त्यस मानेमा हामी क्षमाप्राथि छौ ।
हाम्रो मिडिया परिवारको सदस्य गुमाउनु पर्दा हामीले एक कुशल संचारकर्मी मात्र गुमाएका छैनौ एक सामाजिक यौद्धा, अभियान्ता पनि गुमाउनु परेको छ । यस विषम परिष्थितिमा पनि हामी अविचलित भई सामुदायिक समाचार नेटवर्क तथा न्युज अरनिकोको समाज परिवर्तन र रुपान्तरणमा जुन भुमिका विगतमा थियो त्यसलाई नै कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
समाजमा भएका विक्रिति विसंगति, भ्रष्टाचार, हिंसा, जातिय विभेद, सार्वजनिक सम्पतिमा व्यक्तिगत स्वार्थका विरुद्ध कलम चलाउने यो अभियान निरन्तर चलिरहने छ । साथै सकारात्मक रुपान्तरणको अभियान्तालाई साथ सहयोग तथा हातेमालो गदै गाउगाउ, स्थानिय तह हुदै राष्टिय रुपमा अभियानमा अटुट रुपमा प्रयत्न गर्ने यस मिडियाको विरासतलाई आगामी दिनमा समेत पच्छ्याउदै जाने प्रण गर्दछौ ।
संविधानले प्रत्याभुत गरेको नागरिकका सुचनाको हकलाई जनजन समक्ष पुर्याई नागरिकको सुचना तथा समाचारको हकको शुनिश्चितता गर्नु, राज्य र तिनै तहका सरकारका सुचनाहरुलाई व्यक्ति व्यक्ति सम्म पुर्याई नागरिकका हक अधिकारलाई सरकारको महत्वको विषय वनाउन पहल कदमी लिनु, सरकारका दायित्व तथा जनतालाई संविधानले कल्पना गरको अधिकारको कार्यान्वयनमा यस मिडियाको माध्यामवाट जनजागरण गराउन कुनै कसरथ वाँकी नराखि हरदम पहल गर्ने प्रतिवद्धता व्यक्त गदैछौ । साथै यस मिडियालाई माया गर्ने तपाई सम्पुर्ण पाठक, समाचार श्रोतको रुपमा रहनु भएका सम्पुर्णको निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौ ।