एकै गाउँका ५ को मृत्यु : जुगलमा सोमबार सार्वजनिक बिदा 

नानीराम नेपाल Sunday 15-Dec-2019 09:36 PM


२९ मंसिर । आइतवारको बस दुर्घटनामा एकै गाउँका ५ जनाको मृत्यु भए पछि जगुगल गाउँकार्यपालिकाले आकस्मिक बैठक बसेर सोमबार सार्वजनिक बिदा सहित मृतकका परिवारलाई राहतको घोषणा गरेको छ । आकस्मिक रुपमा बस्नु परेको बैठकमा तत्काल उपलब्ध भएकाहरु कार्यालयमा र कार्यालय बाहिर रहेका कार्यपालिका सदस्यहरु अनलाइन मार्फत बैठकमा सहभागि भएका थिए । जो जहाँ छ त्यहीबाट बैठकमा सहभागिता जनाउने व्यवस्था मिलाइएको थियो । 


कालिन्चोक दर्शन गरेर फर्किदै गरेको गाडी छ किलोमा दुर्घटना हुदा जुगल गाउँपालिका ७ याङलाकोटका ५ जनाले ज्यान गुमाएका छन भने ९ जना घाइते भएका छन् । मृतक परिवारलाई प्रति मृतक ५० हजारका दरले काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनु भयो । दुर्घटनामा ज्यान गुमाउने अधिकांस जुगलकै बासिन्दा छन् ।  मृतक परिवारलाई प्रति मृतक ५० हजारका दरले काजकिरिया खर्च उपलब्ध गराइने छ । शोकको यस घडीमा सोमबार जुगल भर सार्वजनिक बिदा दिने निर्णय गरेका छौं । अध्यक्ष श्रेष्ठले बताउनु भयो । घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न समेत जुगल गाउँपालिकाले सम्बद्ध सबैमा आग्रह गरेको छ । 
दुर्घटनमा परी जुगल गाउँपाललिका ७ याङलाकोटका २८ बर्षीय शुक बहादुर तामाङ, सोही ठाउँकी ७ वर्षीय सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ बर्षीय मञ्जु तामाङ, ३० बर्षीय रेश्मा तामाङको मृत्यु भएको छ । 

तस्वीर ः रामबाबु नेपाल