ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्री ओलीको सम्बोधन : प्रचण्डको प्रशंसा, कांग्रेसलाई गाली

नानीराम नेपाल Tuesday 23-Apr-2019 09:58 AM

यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्नु नहुने उनले बताए ।

तर, अहिले पनि कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिड्दा अचम्म लागेको उनले बताए । कुनै पनि लोकतन्त्रवादीले जनसिद्ध श्रेष्ठताका आधारमा मेरो शासक भइदेउ भनेर निवदेन नहाल्ने प्रधानमन्त्री ओलीले बताए ।

आफैंले गरे सरकारको प्रशंसा

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए । भेरी-बबई भाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ गर्नुका साथै वृद्धबृद्धाको स्वास्थ्य बीमालगायतको कार्यक्रम यो वर्ष मात्र सुरु गरेको उनले सुनाए ।

भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए । सुनकाण्डमा सरकार सफल भएको भन्दै उनले भने, कानमा दुई लालको फुली लगाउन पाएको हुँदैन, चार आनाको औठो लगाउन पाएको हुँदैन । ३८ टन हो कि क्विन्टल ।’

आफ्नो सरकारले त्यो तस्करीको प्वाल झप्पै बन्द गरिदिएको उनले बताए । त्यसपछि भनियो, खोइ सुन ? त्यसबेलाका (सरकार) ले थाहा पाउनु पर्ने हो । हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ । अब सुनको तस्करी हुँदैन, चल्दैन ।’