ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

सिटीकाे प्रभावशाली जित, उक्लियाे शिर्षस्थानमा

नानीराम नेपाल Thursday 25-Apr-2019 08:08 AM

१२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले महत्वपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले हरायो । यो जितसँगै सिटी अंक तालिकाको पुनः शीर्ष स्थानमा पुगेको छ ।

सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय सानेले दोस्रो हाफमा गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भए पनि ५४ औं मिनेटमा सिटीले सिल्भाको गोलबाट अग्रता लियो । ६६ औं मिनेटमा सानेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र सिटी २-० को नतिजा हात पार्न सफल भयो ।

यो जितसँगै सिटी पुनः शीर्ष स्थानमा पुगेको छ । सिटीको ३५ खेलबाट ८९ अंक छ । समान खेल खेलेको लिभरपुलको ८८ अंक छ । अंक तालिकामा सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा छ । यसअघि लिभरपुलले सिटीलाई उछिनेको थियो । म्यानचेस्टर युनाइटेड भने ३५ खेलबाट ६४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।