
एउटै दिशाबाट आएको बसले स्कूटरलाई ठक्कर दिँदा अरनिको राजमार्गको बलेफीमा एकजनाको मृत्यु भएको छ । खाडिचौरबाट बलेफी जाँदै गर्दा बा ७२ प ९०२४ नम्बरको स्कूटरलाई बा ३ ख ९३४ नम्बरको यात्रु बसले ठक्कर दिंदा स्कूटर चालक बार्हबिसे नगरपालिका ७ का बिजय श्रेष्ठ प्रधानको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिएर भागेको बस र चालकलाई बन्देउ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।
अहिलेसम्म अरनिको राजमार्गको बलेफी खण्ड अवरुद्द छ । मृतकका आफन्त र स्थानीयले कम्तिमा ४ वटा यात्रुबहाक बसमा तोडफोड गरेका छन ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago