ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

बहराइनमा भेटिइन गलबन्दी गर्ल

नानीराम नेपाल Saturday 08-Jun-2019 04:49 AM

 मोलड अञ्जली अधिकारी पछिल्लो समय ‘गलबन्दी’ गीत सार्वजनिक भयसँगै चर्चामा रहेकी छिन् । उनी म्युजिक भिडियो देखी देश विदेशको कार्यक्रममा पनि निकै व्यस्त रहेकी छिन् । नेपाली क्लब बहराईनले आयोजना गरेको “नेपाली साङ्गीतिक साँझ- २०१९” को लागि नेपाल देखी  राष्ट्रिय स्तरका  बहुचर्चित कलाकारहरू गायिका अन्जु पन्त, मोडेल तथा नायिका अञ्जली अधिकारी, मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरि मगर बहराइन पुगेका थिए । कार्यक्रमको दौरानमा बहराइन पुगेकी अञ्जली अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरू पोस्ट गरेकी छिन् ।गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ। तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको । गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् ।सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ। यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो ।पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन। सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ। गायक प्रकाश सपुत ले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् । यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ ।भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् । उनको हुलिया हेर्दा यस अघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । लगातार एक पछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्‍याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ । अञ्जली अधिकारीका केही तस्विर । तस्विरः सामाजिक संजाल

१.

२.३.४.५. ६.७.८.९.  १०.