जिल्ला लिग फुटबल सुरु

न्युज अरनिको, बलेफी । Monday 24-Jun-2019 01:51 PM

जिल्ला फुटबल संघको आयोजनामा सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरीङ शेर्पाले शनिवार जिल्ला लिग फुटबलको उद्घाटन गर्नुभयो । अध्यक्ष शेर्पाले जिल्ला लिगको उद्घाटन सँगै जिल्ला फूटबल संघको नवनिर्मित भवनको समेत उद्घाटन गर्नुभयो ।
सुनकोसी गाउँपािलका स्थित बसन्तपुर खेलमैदानमा सुरु भएको जिल्ला लिग फुटबलको पहिलो खेलमा योङ जेनेरेसन यूवा क्लब राम्चेले योङ स्पोर्ट्स क्लब खोर्सानीबारीलाई १–० गोल अन्तरमा पराजित ग¥यो । आइतबारको दोस्रो खेलमा कालिका त्रिशक्ति यूवा क्ल्ब टेकानपुर संयुक्त ठूलोपाखर यूवा क्लबलाई ५–० गोलअन्तरमा पराजित ग¥यो ।
शनिवारदेखि सुरु भएको जिल्ला लिग आगामी आइतबार समापन हुनेछ । जिल्ला लिगबाट प्रदेश लिगका लागि टीम छनोट हुने जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभरका विभिन्न १२  टीमले जिल्ला लिगमा सहभागिता जनाएका छन् ।