ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार

न्युज अरनिको, बलेफी Wednesday 26-Jun-2019 07:15 PM


कृषि, पर्यटन, जलश्रोत र ब्यापारकै माध्यमबाट बलेफी गाउँपालिकाले समृद्ध गाउँपालिका निर्माणको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलवार बलेफी ७ स्थित अमलटारमा पाँचौ  गाउँसभा गर्दै कृषि, पर्यटन, जलश्रोत र ब्यापारका क्षेत्रमा विभन्न योजना अघि सारिएको छ । 
शिक्षा, स्वास्थ्य र पूर्वाधा विकासका योजनाको परिणाममुखी र प्रभावकारी कार्यान्वयनमा जोड दिइने बलेफी गाउँपालिकाले नीति लिएको छ ।स्थानीय विकासमा जनसहभागितालाई जोड दिँदै वातावरणमैत्री र अपांगमैत्री पूर्वाधार विकासको योजना अघि सारिएको छ । बजारक्षेत्रमा ढल व्यवस्थापन गर्दै बलेफीले प्लाष्टिकमुक्त गाउँपालिका बनाउने योजना सार्वजनिक गरेको छ । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठ(कायस्थ)ले कृषि क्षेत्रको सुदृढीकरण गर्दै समृद्ध गाउँपालिका निर्माणमा गाउँसरकार लागिपरेको बताउनुभयो ।‘कृषि, पर्यटन, जलश्रोत र ब्यापार नै हाम्रो समृद्धिको आधार हो’, गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष कायस्थले भन्नुभयो, ‘कृषि उत्पादन बढाउनमा हामीले विभिन्न नीति लिएका छौं ।’  गाउँपालिका भित्र बाँझो जग्गा लिजमा लिएर ब्यक्ती, समुहलाई उपयोगका लागि दिई कृषि उत्पादन बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘गाउँमा जग्गा बाँझै छ, यूवाहरु बिदेश गइरहेका छन्’, गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले भन्नुभयो, ‘यूवाहरुलाई कृषि उत्पादनमा जोड्नका लागि गाउँपालिकाले नै बाँझो जग्गा लिजमा लिएर उत्पादनका लागि दिनेछौं ।’ गाउँपालिकाभित्र बाँझो जग्गाको विवरण संलनको काम नै सुरु भइसकेको उहाँले बताउनुभयो ।  ‘पूर्वाधार विकासका कुरा छँदैछ, यूवाहरुलाई उत्पादनमा नजोड्ने हो भने समृद्धि सम्भव छैन’, अध्यक्ष क्षत्रीले भन्नुभयो, ‘अबको वर्ष कृषि र पशुपालनलाई हामीले प्राथमिकतामा राखेका छौं ।’  शैक्षिक विकास अन्तर्गत दरवन्दी अभाव झेलिरहेका विद्यालयहरुमा अनुदानदेखि  वालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरुलाई पनि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मंगलवार गाउँसभा उद्घाटनपछि विभिन्न संघसंस्थाका सहयोगमा बलेफीलाई जिल्लाकै पहिलो खुला दिशामुक्त गाउँपालिका घोषणा पनि गरियो ।