ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

पूर्वमन्त्रीसहित दीपक मनाङे पनि नेकपा प्रवेश गर्दै

न्युज अरनिको, काठमाण्डौ । Wednesday 03-Jul-2019 10:28 PM

पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्तिका २० जना नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नकेपा प्रवेश गर्ने भएका छन् ।

 संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको उनीहरु नेकपा प्रवेश गर्न लागेका हुन् ।

पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना भाेलि नेकपामा प्रवेश गर्ने स्राेतले जनाएको छ ।

धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर यी नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डनै उपस्थित भएर पार्टी प्रवेश गराउने गरी छलफल भएको स्राेतले जनाएको छ । यसअघि केहीदिन पहिले नयाँ शक्तिकी नेतृ तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी थिइन् ।

पूर्वमन्त्रीसहितका नेताहरु काठमाडाैँमा प्रवेश गर्दा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङे) पाेखरामा आयोजित कार्यक्ममा नेकपा प्रवेश गर्ने भएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनेछन् । सांसद गुरुङ अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रोमा बस्दै आएका छन् ।

चुनावताका उनी नेकपाबाटै (तत्कालीन वाम गठबन्धन)  उम्मेदवार बनेका थिए । तर, विवादमा परेपछि नेकपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपनि नेकपाले अर्को उम्मेदवार भने खडा गरेको थिएन् ।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद मनाङ्गे थुनामुक्त भएपछि शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए । सांसद मनाङे २७ हजार ३७५ रूपैयाँ धरौटीमा थुनामुक्त भएका थिए ।

उनले गत माघ १४ गते साँझ शपथ लिएका थिए । निर्वाचित भएको झण्डै नौ महिनापछि मनाङेलाई गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शपथ खुवाएका थिए ।

शपथपछि मनाङेले आफ्नो क्षेत्रमा शिक्षा र विद्युतको समस्या रहेको र त्यसतर्फ आफ्नो ध्यान हुने र तत्काललाई समर्थन सरकार पक्षलाई नै हुने बताएका थिए । राजीव गुरुङ १३ सदस्यीय समिति रहने अर्थ तथा विकास समितिको सदस्यसमेत हुन् ।

स्वतन्त्र सांसद भएरभन्दा पनि संगठनमा रहेर पार्टी र जनताको काम गर्न इच्छा भएकोले उनले पार्टी प्रवेश गर्न लागेको मनाङेका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिए ।

काँग्रेस पृष्ठभूमिका मनाङे बीचमा जनताजाती मोर्चामा पनि आवद्ध भएका थिए । दैनिक  नेपाल डट् कममा समाचार छ ।