ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

ड्यासाईडमा मोटरसाईकल दुर्घटनाः ३ घाईते, २ को अवस्था गम्भीर

न्युज अरनिको, बलेफी Wednesday 10-Jul-2019 12:37 AM

बलेफी गाउँपालिका ८ स्थित ड्यामसाइड नजिकै मोटरसाईकल दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।  लामोसाँघुबाट त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर जाँदै गरेको बा ६९ प ६३३३ नम्बरको मोटरसाइकल अनियनित्रत भई नालीमा खस्दा तीनजना गम्भीर घाईते भएका हुन् । 
दुर्घटनामा परि त्रिपुरासुन्दरी गाउँपालिका टेकानपुरका अमृत बोहोरा, मानध्वज बोहोरा(सानु) र शरद बोहोरा घाइते भएका हुन् । घाइते उनीहरुलाई खाडीचौरस्थित सिनधु सदावहार अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये अमृत र मानध्वजको अवस्था गम्भीर रहेको र उनीहरुलाई काठमाडौं पठाइएको प्रहरी चौकी लामोसाँघुका ईन्चार्ज प्रनानि चित्र खुलालले बताउनुभयो । ‘टाउकोमा गम्भीर चोट छ, उनीहरुलाई यहाँ उपचार सम्भव नभएपछि काठमाडौं पठाइँदैछ’, खुलालले भन्नुभयो ।