ब्रेकिङ न्युज :

सवारी कार्वाहीबाट ४४ लाख राजश्व संकलनः नियम मिच्नेमा मोटरसाईकल धेरै

न्युज अरनिको, बलेफी Thursday 18-Jul-2019 10:49 AM

पछिल्लो एक बर्षमा सवारी नियम मिच्ने सात हजार बढि सवारी साधन कार्वाहीमा परेका छन् । आर्थिक बर्ष ०७५ ०७६ मा सात हजार बढि सवारीलाई कार्वाही गरि ४४ लाख रुपियाँ राजश्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक बर्षमा ७ हजार २ सय ५९ सवारी साधनलाई कार्वाही गरिएको छ । उनीहरुबाट ४४ लाख ३० हजार रुपियाँ राजश्व संकलन भएको छ । प्रहरीको विवरण हेर्दा सवारी नियम मिच्नेमा मोटरसाईकल नै धेरै छन् । यसबर्ष ३ हजार ६ सय ७९  मोटरसाईकल कार्वाहीमा परे ।  २ हजार ४ सय ३९ ट्रक,  ट्रीपर र कन्टेनर कार्वाहीमा परे भने ६ सय ३६ जीप तथा कार र ४ सय ४९ बस कार्वाहीमा परेका छन् । ५६ वटा ट्याक्टरलाई  समेत कार्वाही गरिएको छ । ‘सवारी कार्वाही र राजश्व यसवर्ष बिगतको भन्दा बढेको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रनानि गोकर्ण नेपालले भन्नुभयो । सवारी दुर्घटनाका घटना न्युनिकरण भइरहेको समेत उहाँले बताउनुभयो । पछिल्लो आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानमा २४ दुर्घटना भए ।  २४ दुर्घटनामा १६ को मृत्यु भएको प्रनानि नेपालले बताउनुभयो ।