जिल्लास्तरीय तेक्वान्दोमा पीपलडाँडा प्रथम

न्युज अरनिको, बलेफी Sunday 21-Jul-2019 08:52 AM

पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीतामा पीपलडाँडा डोजाङ प्रथम भएको छ । बलेफी गाउँपालिकाद्धारा आयोजित  पाँचौ  जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता अन्तर्गत शनिबार खाडीचौरमा सम्पन्न खेलमा बाह्रविसे डोजाङ दोस्रो तथा खाडीचौर डोजाङ तेस्रो भएको छ । 
प्रतियोगीतामा महिलातर्फ किष्टोन स्कुलकी निर्जला तामाङ र पुरुषतर्फ बाह्रविसेका सोनारेन्जेन तामाङउत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगीतामा प्रथम, दितिय र तृतीय हुने टीमलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथी एवम बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गर्नुभयो । खेल समापन समारोहमा बोल्दै बलेफी गाउँपालिकाका अध्यक्ष क्षत्रीले जिल्लामा पछिल्लो समय तेक्वान्दो खेल प्रति आकर्षण बढिरहेको भन्दै तेक्वान्दोको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । जिल्ला तेक्वान्दो संघका पूर्व अध्यक्ष बुद्धराज बस्नेत, खेलकुद विकास समितिका पूर्व अध्यक्ष गंगाबहादुर तामाङ लगायतले तेक्वान्दो खेलको विकास र संरक्षणमा आफुहरु सदैव लागिपर्ने बताउनुभयो ।  प्रतियोगिता समापन समारोहमा भुटानमा भएको पाँचौ अन्तराष्टिय तेक्वान्दो प्रतियोगीतामा पदक बिजेता खेलाडीहरुलाई सम्मान समेत गरियो । जिल्लास्तरीय प्रतियोगीताका लागि सहयोग गर्ने विभिन्न संघसंस्था तथा ब्यक्तिहरुलाई पनि कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले बताउनुभयो ।