ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

मन्त्री नेपालद्धारा सहइन्चार्जको जिम्मेवारी अस्वीकार

न्युज अरनिको, बलेफी Monday 22-Jul-2019 10:09 AM

नेकपा सचिवालय बैठकले सिन्धुपाल्चोकका सहइन्चार्जका रुपमा जिम्मेवारी तोकेपछि ३ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहनुभएको नेता अरुण नेपालले जिम्मेवारी अस्वीकार गर्नुभएको छ । आइतबार सचिवालयले अन्तिम नामावली सार्वजनिक गरेपछि बेलुकीपख आफ्नो फेसबुक पृष्ठमा लामो स्टाटस पोस्ट गर्दै उहाँले सिन्धुपाल्चोकको सह इन्चार्जको जिम्मेवारी अस्वीकार गरेको उल्लेख गर्नुभएको हो ।
लामो समयपछि नेकपाले पूर्णता पाउन लागेकोमा खुसी ब्यक्त गर्दै उहाँले जिल्ला इन्चार्ज बनाउने सवालमा भने नीतिगत सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  आफु बिगत पाँच बर्षदेखि इन्चार्जको जिम्मेवारीमा नरहेको स्पष्ट पार्दै उहाँले आफुलाई सह इन्चार्ज बनाइनुमा आश्चर्य समेत प्रकट गर्नुभएको छ । भूलवश र समयमै सूचना नपाएर  आफुलाई सहइन्चार्ज तोकीएको हुनसक्ने भन्दै आफ्ना नाम हटाउनका लागि उहाँले सचिवालयसँग अनुरोध गर्नुभएको छ । ‘भूलवश भएको भए नाम हटाइनेछ  भन्ने बिश्वास छ’, उहाँले भन्नुभयो, ‘ निर्णय नै भएको हो भने म विनम्रताका साथ यो जिम्मेवारी अस्वीकार गर्दछु ।’
आइतबारको नेकपा सचिवालय बैठकले सिन्धुपाल्चोकका लागि कृष्णप्रसाद सापकोटालाई इन्चार्ज र नेपालसहित नेताद्धय माधव सापकोटा र युवराज दुलाललाई सहइन्चार्जको जिम्मेवारी तोकेको थियो ।