ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

घाट नै कब्जा ! अतिक्रमण रोक्दै स्थानीय सरकार

न्युज अरनिको, बलेफी Saturday 27-Jul-2019 09:09 AM

घाट नै कब्जा गरिएको भन्दै स्थानीयवासीले निवेदन दिएपछि सुनकोसी गाउँपालिका ७ स्थित सुनकोसी नदी किनारको जग्गा नापी गरेर कित्ताकाट गरिएको छ । वडा कार्यालयले सरकारी अमिनि झिकाएर शुक्रबार जग्गा नापी गराउँदा अधिकांश जग्गा सार्वजनिक नै देखिएको छ । ब्यक्तिका जग्गा कित्ताकाट गरेर शनिवार सार्वजनिक जग्गामा किला ठोकीएको छ ।
२ साउनको साँझ । सुनकोसी गाउँपालिका ७ स्थित खाडीचौरमा घाटमै विवाद भयो । सुनकोसी किनारमा टहरो बनाई बसेकी जुनुमायाँ तामाङ र मृतक सुर्यबहादुर खड्काको अन्त्येष्टीका लागि घाट आएका मलामीहरुबीच लाश जलाउने विषयमा विवाद भयो ।  आफ्ना घर अगाडी लाश जलाइएको भन्दै जुनुमायाँ गालीगलैजमा उत्रिईन्, तर घाटकै जग्गा अतिक्रमण गरेको भन्दै मलामीहरु प्रतिवादमा उत्रिए । घाटको यो विवाद यहिँ सिमित भएन, अन्ततः प्रहरी र स्थानीय सरकारसम्म आइपुग्यो । 
घाटको विषयमा विवाद भएपछि शुक्रबार सुनकोसी किनारमा रहेको सार्वजनिक जग्गा नापी गरिएको छ । सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाको अगुवाईमा बगर(घाट) को जग्गा नापी भएपछि सार्वजनिक जग्गा नै ब्यक्तिले अतिक्रमण गरेको खुल्न आएको छ । ‘घाटको विषयमा विवाद भएछ, वडावासीले घाट संरक्षणका लागि हामीलाई अनुरोध गर्नुभयो’, वडाध्यक्ष तिमल्सिनाले भने, ‘अमिन झिकाएर नापी गर्दा ब्यक्तिले उपभोग गर्दै आएको जग्गा सार्वजनिक नै देखियो ।’ नापी गर्दा विवादीत जग्गा सबै सार्वजनिक नै रहेको उनले बताए । 
वडाभित्रका सार्वजनिक जग्गाको खोजी गर्दै संरक्षण गरिने वडाध्यक्ष तिमल्सिनाले बताए । अरु धेरै ठाउँमा सरकारी जग्गा अतिक्रमण भइरहेको सुन्नमा आएको छ, अब हामी वडाभित्रका सरकारी सार्वजनिक जग्गा अतिक्रमण रोक्नेछौं’, उनले भने ।