अन्तर्राष्ट्रिय तेक्वान्दोमा रोहिन्द्रलाई काश्य पदक

न्युज अरनिको, बलेफी । Tuesday 30-Jul-2019 03:40 PM

भारतिय खेलाडी सन्तोष गुल्दकरलाई नकआउट गर्दै अन्तर्र्रािष्ट्रय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका रोहिन्द्र विक्रम खड्काले काश्य पदक जितेका छन् । जुलाइ २७–२८ मा थाइल्याण्डको बैंककमा भएको  पाँचौ हिरोज अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनले ७०–८० तौल समूह अन्तर्गत काश्य पदक जितका हुन् । नेपालको प्रतिनीधत्व गर्दै सुनकोसी गाउँपालिका ४ यमुनाडाँडाका खड्का खेलमा सहभागी हुन थाइल्याण्ड  पुगेका थिए ।
भारतिय खेलाडी गुल्दकरलाई पराजित गरेका खड्काले फिलिपिन्सका मार्क यन्थोनी बेनोजासँग पराजित हुँदै रजत पदक सुरक्षित गर्न सकेनन् । नेपालका तर्फबाट प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन थाइल्याण्ड पुगेका उनले बिभिन्न मुलुकका १९ खेलाडीहरुलाई पराजित गरे । प्रतियोगितमा बिभिन्न २१ देशका खेलाडीहरु सहभागी रहेका थिए ।‘कास्यपदक पाउँदा धेरै खुसी छ’, समाजिक सञ्जालमार्फत उनले भने, ‘पदक मैँले लिएँ, तर यो देशकै पदक हो मेरो मात्र होईन ।’