विश्वकप छनोट कुवेत र ताइपेइसँग भिड्ने नेपाली टोली घोषणा

न्युज अरनिको, काठमाडौ Friday 30-Aug-2019 08:22 AM

सन् २०२२ को कतार विश्वकपका लागि एसिया छनोटको दोस्रो चरणको दुई खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। कुवेत र चाइनिज ताइपेसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा हुँदा पूर्वकप्तान विराज महर्जन पुनः टिममा पर्न असफल भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ सदस्सीय टीम बिहीबार सार्वजानिक गरेको हो। नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा प्रतिष्पर्धा गर्नेछ भने अर्को खेलमा चाइनिज ताइपेसँग २४ भदौमा उसकै मैदानमा प्रतिष्पर्धा गर्नेछ। नियमित कप्तान विराजसहित एलन र विमल टिममा परेनन् नियमित कप्तान विराज महर्जन र उपकप्तान भरत खवास यस पटक नेपाली टोलीमा छैनन्। यसअघि मलेसियाको लिग च्याम्पिनयन दारुल टा–जिमसँगको मैत्रीपूर्ण खेलमा समेत कालिनले दुवैलाई टिममा राखेका थिएनन्। विराज फिजिकल फिटनेसका कारण टिममा नपर्दा भरत आर्मी ट्रेनिङका लागि थाइल्यान्डमा छन्। अष्ट्रेलिया र जोर्डनसँगको खेलमा भने भरत उपलब्ध हुनेछन्। विराजको अनुपस्थितिमा नेपाली टिमलाई सुजल श्रेष्ठले नेतृत्व गरेका थिए। त्यसैगरी कालिनले कुवेतविरुद्ध डेब्यु गराएका विमल राना मगर र गोलरक्षक एलन न्यौपानेले २३ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्। एलनलाई किरण चेम्जोङ र विमललाई रोहित चन्दले प्रतिस्थापन गरेका छन्। किरण जापानमा ट्रायलमा भएको कारण र रोहित इन्डोनेसियन लिगमा व्यस्त भएको कारण मलेसियाको खेलमा सहभागी थिएनन्। अहिले दुवै नेपाल फर्किसकेको कारण कालिनको २३ सदस्यीय टोलीमा अटाएका हुन्।  विश्वकप छनोटमा नेपालले समूह ुबीु मा रहेर प्रतिष्पर्धा गर्दैछ। नेपपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन्। नेपालले प्रतियोगिताको उद्घाटन कुवेतविरुद्धको खेलबाट गर्नेछ। यस्तो छ नेपाली टिम गोलरक्षक स् किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ डिफेन्डरस् सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल  मिडफिल्डरस् रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई  फरवार्ड विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ