ब्रेकिङ न्युज :

नदीजन्य पदार्थ उत्खनन खुल्ला गर्न महासंघको माग प्रचण्ड निवास खुमलटारमा ओलीविरोधी नेताहरुको बैठक बस्दै अध्यादेशबारे प्रचण्डले भनेः तुरुन्त खारेज गरियोस् संवैधानिक परिषद्ः अध्यादेशप्रति कांग्रेस असन्तुष्ट, देउवा बैठकमा नजाने उखु किसानको पैसा नतिर्ने चिनी उद्योगीप्रति सरकार कठोर, पक्राउको तयारी शुरु फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सहयोग गर्न ‘स्टार’ क्रिकेट प्रतियोगिता कोरोना संक्रमित पूर्व राजदूत कमानसिंह लामाको निधन मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दै, मंसिर २९ को आन्दोलनबारे छलफल हुने

बढ्यो दुधको मुल्यः उपभोक्ताले प्रतिलिटर ७६ तिर्नुपर्ने

न्युज अरनिको, बलेफी Thursday 05-Sep-2019 07:09 PM

सरकारले दुधको मुल्य बढाएको छ । प्रतिलिटर ६ रुपैयाँले दुधको मुल्य बढाइएको दुग्ध विकास संस्थानले जनाएको छ । मुल्य बृद्धि भएसँगै अब उपभोक्ताले एक लिटर दुधको ७६ रुपैयाँ तिर्नुपर्ने भएको छ । 
 कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले बताए ।
सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४।२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८।२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले ।