ब्रेकिङ न्युज :

एकजोर स्टाईल सूज किन्दा एक लाखसम्म उपहार

न्युज अरनिको, बलेफी । Thursday 19-Sep-2019 11:20 AM

नेपालीका दुई ठूला चाड दशैं र तिहारलाई लक्षित गर्दै स्टाइल सुज कम्पनीले नयाँ अफर ल्याएको छ ।  दसैं र तिहारलाई लक्षित गर्दै स्टाईल सुजले विभिन्न अफर ल्याएको हो । नयाँ अफरअनुसार एकजोर जुत्ता खरिदमा एक सयदेखि एक लाख रुपैयाँसम्म नगद उपहार पाइनेछ । एक जोर स्टाईल सुज खरिद गर्दा ग्राहकले एकसयदेखि एक लाख रुपियाँसम्म पाउँनेछन् ।  बजारमा करिब ३ सय मोडलमा पाइने स्टाइल सुजले दसैंतिहारलक्षित गरी थप ५० मोडल थपेको छ । बृद्धबृद्धा, बालबालिका, विद्यार्थी, युवा सबै उमेर समूहलाई ध्यानमा राखेर जुत्ताको मोडल तय गरिएको स्टाइल सुजका अध्यक्ष तेज पराजुलीलले जानकारी दिए । कम्पनीले पार्टी सुजसँगै क्याजुअल जुत्ता बजारमा ल्याएको छ ।
६५ जिल्लाका बजारमा उपलब्ध स्टाइल सुजमा ६ महिनाको वारेन्टी दिइएको पराजुलीले बताए । पाँच वर्षअघि स्वादेशी उद्योग प्रवद्र्धन गर्ने उदेश्यसहित स्टाईल सूज बजारमा ल्याइएको हो ।