ब्रेकिङ न्युज :

राष्ट्र बैंकले ५ खर्ब बराबरका नोट जलायो

न्युज अरनिको, काठमाण्डौ । Tuesday 24-Sep-2019 03:06 PM

नेपाल राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना नोट जलाएको छ ।
राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।
आर्थिक बर्ष २०७५ र०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।
बजारबाट संकलन भएका पुराना तथा झुत्रा नोटहरुलाई टुक्राटुक्रा पारी जलाइन्छ ।