ब्रेकिङ न्युज :

नोटमै लेखियो ‘लुम्बिनी, द बर्थ प्लेस अफ लर्ड बुद्ध’

न्युज अरनिको, काठमाण्डौ । Tuesday 24-Sep-2019 03:31 PM

नेपाल राष्ट्र बैँकले नयाँ विषेशतासहितको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्रबैंकले  देशको नक्शा,सगरमाथा,  अशोकस्तम्भको चित्र सहित अंगे्रजीमा ‘लुम्बिनी, द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको एक सयको नयाँ नोट बजारमा ल्याएको हो ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र, बीचभागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ। मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा छ ।
अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्ला रहेको छ । दायाँतर्फ लालिगुराँसको पानीछाप छ भने नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने छ । नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेका छ ।

नयाँ नोटमा अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ । यो विशेषताको एक सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।