ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

बाह्रविसेमा नेकपाले चियापान गर्ने

न्युज अरनिको, बलेफी Sunday 29-Sep-2019 12:51 AM

नेपाल कम्युनिष्ट पार्टी प्रतिनीधि सभा निर्वाचन क्षेत्र १ को समन्वय कमीटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार खाडीचौरमा पहिलो बेठक सम्पन्न गर्दै विभिन्न निर्णय गरिएको समन्वय कमीटीले जानकारी दिएको छ ।
नजिाकिँदो बिजयादशमी तथा दीपावलीको अवसरमा आगामी १४ गते बाह्रविसेमा बृहत रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको समन्वय कमीटीका सचिव यज्ञ सापकोटाले जानकारी दिनुभयो । पार्टी एकतासँगै नयाँ नेतृत्व पाएको नेकपाले निर्वाचन क्षेत्रीय तहमा पहिलोपटक यस्तो कार्यक्रम गर्न लागेको हो । ‘निर्वाचन क्षेत्रीय तहमा नेतृत्व चयन भएपछिको यो पहिलो कायृक्रम हो, नेता कार्यकर्ताले चाडपवृको शुभकामना आदानप्रदानसँगै एकताका खुसी साट्नुहुनेछ’, सचिव सापकोटाले भन्नुभयो ।