
१२ असोज, खाडीचौर। चाडपर्वका हुने सक्ने सम्भावित सडक दुर्घटना न्यूनकिरणका लागि समुदाय प्रहरी साझेदारीमा सडकमै सचेतनामुलक कार्यक्रम गरिएको छ । आइतबार बिहान जिल्लाको खाडीचौर बजारमा जिल्ला प्रहरी कार्यालयले सडकमै सचेताना कार्यक्रम गरेको हो ।
सडक दुर्घटना न्यूनीकरणबारे सचेतनासँगै प्रहरीले सवारी चालकहरुलाई खादा मालाले बिदाई गर्दै यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना दिए । निमित्त प्रमुख जिल्ला अधिकारी भमिकान्त शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री र लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपालले सवारी चालकहरुलाई स्वागत र बिदाई गर्दै सुरक्षित यात्राका लागि सचेतनासँगै शुभकामना ब्यक्त गर्नुभयो । काठमाडौंबाट बाह्रविसे जाँदै गरेको बा २ ख ५७७२ नम्बरको यात्रुबस र बाह्रविसेबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको बा २ ख ५४२४ नम्बरको बस चालकलाई खादा माला लगाइएको थियो ।
सवारी सचेतनासँगै चालक र यात्रुहरुलाई नजिकिँदो बिजयादशमीको शुभकामना समेत दिइएको थियो । प्रहरी प्रशासन र स्थानीय सरकारका प्रमुखहरुबाट सडकमै भव्य स्वागत एवम बिदाई गरिएपछि चालकहरु दंग देखिन्थे । चालकहरको स्वागत र बिदाईसँगै खाडीचौर चोकैमा आयोजित कार्यक्रममा सुरक्षित यात्राका सवारी चालक र यात्रुहरु स्वंयं पनि सचेत रहनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी भमिकान्त शर्माले बताउनुभयो । कार्यक्रममा जीवनको लामो समय सवारी चालक बनेर बिताएका दुई जनालाई सम्मान समेत गरियो । बलेफी गाउापालिका ६ का बुद्धिध्वज लामा र त्रिपुरासुन्दरी गाउँपालिका १ का बज्रबहादुर जिरेललाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बलेफी ७ का वडाध्यक्ष कार्केल लामा, ८ का वडाध्यक्ष चरिबहादुर तामाङलगायतको उपस्थिती थियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
4 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
4 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
2 years ago
धेरै कमेन्ट गरिएका
- 37 बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
- 5 बाह्रविसेमा नेकपाले चियापान गर्ने
- 3 सवारी चालकलाई सडकमै खादा र माला
- 2 विपद पूर्व तयारीमा जुट्यो बाह्रबिसे, जोखिममा रहेका १६ परिवारलाई स्थानान्तरण
- 2 स्वास्थ्य मन्त्रीका रुपमा सरकारमा शेरबहादुर तामाङको ‘कमब्याक’
- 2 समाज कल्याण परिषदको सदस्यमा अधिकारकर्मी थापा