मेलम्चीले चुम्यो कालिकादेवी संस्थापक कप

न्युज अरनिको, बलेफी Thursday 03-Oct-2019 07:46 AM

१६ असोज,चौतारा ।स्थानीय तहबीच भएको कालिकादेवी संस्थापक स्मृति पुरुष भलिबल कपको उपाधि मेलम्ची नगरपालिकाले चुमेको छ । चौतारा साँगाचोकगढी ४ अवस्थित कालिकादेवी माध्यमिक बिद्यालयको प्रांगणमा बुधबार भएको फाईनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाको टीमलाई  सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका बिजेता बन्यो । मेलम्चीले ३–० को सोझो सेटमै चौतारालाई पराजित ग¥यो ।
खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले आफुलाई उपविजेतामै चित्त बुझाउनुप¥यो । प्रतियोगितामा इन्द्रावती गाउँपालिका तेस्रो भएको थियो । बुधबारको फाईनल खेलसँगै प्रतियोगिता समापन गर्दै बिजेता, उपबिजेता र तेस्रो हुने स्थानीय तहका खेलाडी समुहलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रदेश सांसद सरेश नेपालले बिजयी टीमलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । बिजयी टीमलाई १ लाख ११ हजार १ सय ११ रुपियाँको चेक प्रदान गरियो । उपबिजेता टीमलाई ५५ हजार ५  सय ५५ र तेस्रो हुनेलाई २२ हजार २ सय २२ रुपियाँको चेक प्रदान गरिएको हो । समापन समारोहमा  चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, शिक्षा बिकास तथा समन्वय ईकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी लगायतको उपस्थिती थियो ।  बिद्यालयका संस्थापकहरुलाई सम्झँदै प्रतिभाशाली खेलाडीको पहिचान गर्नका लागि सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गरिएको बिद्यालयका अध्यक्ष रघुसिं तामाङले बताउनुभयो । ‘यस्ता प्रतियोगिताले स्थानीयतहमा रहेका प्रतिभाशाली खेलाडीको पहिचान हुन्छ, उनीहरुलाई राष्ट्रियस्तरमा पु¥याउन धेर मद्धत गर्नेछ’, अध्यक्ष तामाङ भन्नुभयो ।