यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

न्युज अरनिको, काठमाण्डौ । Thursday 17-Oct-2019 12:27 PM

टी २० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।
आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।
२०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताअघि आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बन परेपछि यूएई टिम समस्यामा आएको छ ।