दक्षिण अफ्रिकाविरुद्ध रोहितको दोहोरो शतक

न्युज अरनिको, काठमाण्डौ । Sunday 20-Oct-2019 02:47 PM

दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेष्ट क्रिकेटमा भारतीय ओपनर ब्याट्समयमान रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।

आइबार विहान उनले दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक पूरा गरे । दोहोरो शतक बनाउने क्रममा उनले २४९ बलमा २८ चौका र पाँच छक्का प्रहार गरे । यो रोहितको टेष्ट क्रिकेटकै सबभन्दा ठूलो उपलब्धी हो । उनले अहिलेसम्म दोहोरो शतक बनाएका थिएनन् । यसअघिसम्म रोहितको टेष्ट क्रिकेटमा उच्च स्कोर १७७ रन थियो ।

टेष्ट क्रिकेटमा रोहितले पाँच शतक बनाएका छन् भने १० अर्धशतक पूरा गरेका छन् ।

जारी खेलमा यसअघि अजिंक्या राहानेले पनि शतक बनाए । उनले ११५ रन बनाउँदै आउट भएका थिए ।