भोटेकोसीमा अन्तराष्ट्रिय प्रतियोगिताः ३० देशका ४ सय खेलाडी सहभागी हुने

नानीराम नेपाल, सिन्धुपाल्चोक । Tuesday 22-Oct-2019 05:47 PM

५ कार्तिक। अन्तराष्ट्रियस्तरको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एसोसियसन अफ ¥याफटीङ एजेन्सीज(नारा) को आयोजनामा मंसिर १० देखि १२ गतेसम्म भोटेकोसी नदीमा अन्तराष्ट्रिय स्तरको यो प्रतियोगिता हुन लागेको हो ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगीहरु सहभागी गराई बार्षिक रुपमा नेपाल पर्यटन बोर्ड संगको सहकार्यमा आयोजना गर्दै आईरहेका ‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ कार्यक्रम यस बर्ष सिन्धुपाल्चोक जिल्ला स्थित भोटेकोशी नदीमा हुन लागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।  नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन लिएको उदेश्य अनुरुप पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचार, प्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ ।  विश्वभरिबाट साहसिक जलयात्राका लागि बढि भन्दा बढि पर्यटक भित्र्याएर  नेपाल भ्रमण बर्षमा सहभागी गराउने प्रमुख उदेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यसवर्ष भोटेकोसीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा संचालन हुन लागेको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट ¥याफ्टीङ रेस र बोटर क्रस गरि  ४ विधामा कार्यक्रम संचालन गरिने छ ।
यस कार्यक्रममा ३० भन्दा बढी देशका ४ सय खेलाडी गाईड तथा साहसिक पर्यटनको पारखीहरुलाई सहभागी गराउने लक्ष्य रहेको सहकोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ का उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको पनि व्यवस्था छ । उत्कृष्ट खेलाडीलाई कम्तमिा १ हजार डलर पुरस्कार दिईने भनिएपनि सहभागी संख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ ।  प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने तयारी छ ।