९ कार्तिक।स्थानीय संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्दै विकास गर्ने हेतुले बलेफीमा साँस्कृतिक साँझ २०७६ हुने भएको छ । बलेफी ५ स्थित नवप्रतिभा यूवा क्लबले शुभ दीपावलीको अवसर पारेर साँस्कृतिक साँझ २०७६ को आयोजना गरेको हो ।
सोमबार लक्षमी पुजाका दिन हुन लागेको साँस्कृतिक साँझमा नृत्य प्रतियोगिता हुनेछ । प्रतियोगीताका लागि धमाधम टीम दर्ता भइरहेका छन् । प्रतिनीधि सभा सांसद अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने सांस्कृतिक साँझमा २० भन्दा बढि टीमले सहभागिता जनाउने नवप्रतिभा यूवा क्लबका अध्यक्ष लीला गिरीले बताए । प्रतियोगीतामा प्रथम हुनेलाई नगद २० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्धितिय हुनेलाई १५ हजार, तृतीयलाई १० हजार र चौथोलाई ५ हजार सान्त्वना पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष गणेशकुमार खड्काले बताए ।
नवप्रतिभा यूवा क्लबले बिगत चारबर्ष अघिदेखी चाडपर्वका अवसरमा साँस्कृति साँझको आयोजना गर्दै आइरहेको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago