ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

१३ को शव फेला, दर्जनौं बेपत्ता

नानीराम नेपाल, सिन्धुपाल्चोक Sunday 03-Nov-2019 03:43 PM

सिन्धुपाल्चोकको सुकुटे नजिकै यात्रुबस दुर्घटना हुँदा दर्जनौंको मृत्य भएको अनुमान गरिएको छ । अहिलेसम्म १३ जनाको शव निकालिएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । 
अहिलेसम्म १३ जनाको शव निकालिएको छ । घाइते एकजना बालको उपचारका लागि धेलिखेल लैजाँदैगर्दा दोलालटमा मृत्यु भएको छ । अन्य केहिलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिदैँछ । घटनास्थलमा ५ जनाको शव फेला परेको छ भने नदीको सुकुटे आसापास खण्डबाट अन्य ७ को शव निकालिएको छ । बलेफीस्थित कपिलेश्वर महादेव एम्वुलेस सेवासमितिको एम्बुलेन्समा ५ जनालाई उपचारका लागि धुलिखेल लगिएको र उनीहरुलाई भर्ना गरिएको एम्बुलेन्स चालक रुद्र कार्कीले जानकारी दिए । अन्य दुई वटा एम्बुलेन्समा पनि केहि घाइतेलाई धुलिखेल लगिँदैगरेको उनले बताए । नदीमा डुबेको बसबाट यात्रुको उद्धार गर्न नसकिएपछि स्काभेटरले बसलाई नदीबाट तानेर उद्धारको प्रयास गर्दा कोहीपनि फेला परेनन् ।
बलेफी ४ स्थित राजभण्डारी भोजनालयबाट खाना खाएर उक्त बस काठडमाडौंका लागि छुटेको थियो । उक्त बसमा ४० जनाभन्दा बढि यात्रु रहेको होटल संचालक निलमराज राजभण्डारीले जानकारी दिए ।