
सुकुटे दुर्घटनामा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । साँझसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उपचारका लागि धुलिखेल अस्पताल लैँजादैगर्दा एकजनाको बाटोमा मृत्यु भएको छ भने अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो ।
मृत्यु हुनेमध्ये दोलखा भिमेश्वर ९ की रञ्जिता केसी, शैलुङ्गेश्वरी गाउँपालिका ३ की तिन महिने शिशु सिसन तामाङ, शैलुङ्गेश्वरी ५ की रत्नकुमारी राउत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ की चमेली श्रेष्ठ र साइरानी श्रेष्ठको पहिचान खुलेको छ । शैलुङ्गेश्वरी ५ की चेतकुमारी बस्नेत र शैलुङ्गेश्वरी ४ की सलिना तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
लोकप्रिय
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago
-
बेपत्ताको पहिचान खुल्यो(नामसहित)
7 months ago