
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री(ए) जलविद्युत् आयोजना उद्घाटन गर्नुभएको छ ।
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर उद्घाटन गर्नुभएको हो ।
काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका(५) सिम्लेबाट एकसाथ उदघाटन गर्नुभयो ।
आयोजनाको पहिलो र दोस्रो युनिट(३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago