ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

न्युज अरनिको, काठमाण्डौ । Tuesday 26-Nov-2019 02:53 PM

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री डा।युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गरेका थिए भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गरे । उनले मुलुकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु¥याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताए ।

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।