ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

सुरु भयो ‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’

न्युज अरनिको, बलेफी Tuesday 26-Nov-2019 08:24 PM

१० मंसिर ।१८ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ मंगलबारदेखी सुरु भएको छ । ३ नम्बर प्रदेश सरकारको समेत  सहयोगमा नेपाल एसोसियसन अफ ¥याफ्टीङ एजेन्सीज(नारा) को आयोजनामा सुनकोसी नदीमा हिमालयन ह्वाईट वाटर च्यालेन्ज(प्रतियोगीता) सुरु भएको हो ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेस्थित सुनकोसी नदी किनारमा एक कार्यक्रम गर्दै प्रतियोगिताको शुभारम्भ गरिएको छ । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, नाराका उपाध्यक्ष मेघ आले र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद बस्यालले प्रतियोगी खेलाडीहरुलाई ब्याट प्रदान  गर्दै  खेलको शुभारम्भ गर्नुभयो । ह्वाईट वाटर नै सिन्धुपाल्चोकको पहिचान बनेको भन्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले नदीको संरक्षण गर्दै जनजीवनसँग जोड्नुपर्ने बताउनुभयो ।  सुनकोसी नदीमा अन्तराष्ट्रिय स्तरको साहसिक खेल आयोजना गरेर नाराले सिनधुपाल्चोकका लागि गुन लगाएको अध्यक्ष क्षत्रीले बताउनुभयो । 
बिहिबारसम्म चल्ने ह्वाईट वाटर च्यालेन्जमा विभिन्न देशका ६६ प्रतियोगीले भाग लिएका छन् । उनीहरुबीच विधागत रुपमा कायाकतर्पm स्लालोलम, बोटर क्रस र डाउन रिभर रेसमा प्रतिष्पर्धा हुनेछ । सँगसँगै समुहगत ¥याफटीङ रेस पनि हुने नाराका उपाध्यक्ष मेघ आलेले बताउनुभयो ।
कायाक तर्फ प्रथम हुनेलाई ५० हजार, दितीयलाई २५ हजार र तृतीयलाई १५  हजार पुरस्कार प्रदान गरिनेछ भने ¥याफ्टीङ रेस तर्फ प्रथम हुने समुहलाई १ लाख पुरस्कार दिईने नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटक भित्र्याउनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको सहकोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।‘साहसिक जलयात्राको प्रतिष्पर्धा गराएर पर्यटन प्रवद्र्धनमा हामीले जोड दिएका हौं’, श्रेष्ठले भन्नुभयो ।