ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

प्रदेश ३ का १० सामुदायिक विद्यालयलाई स्कुल बस दिने तयारी

न्युज अरनिको, काठमाण्डौ । Thursday 05-Dec-2019 05:53 PM

१९ मंसिर । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा स्कुल बस दिने तयारी भइरहेको बताएका छन्। भरतपुर महानगरको स्थानीय पाठ्यक्रम लोकार्पण कार्यक्रममा मन्त्री दुलालले प्रदेशमा भएका १० वटा विद्यालयलाई स्कुल बस दिने तयारी गरिरहेको बताएका हुन्। उनले प्रदेशमा भएका १ हजार ३ सय ५० वटा सामुदायिक विद्यालयमध्ये १० वटालाई परीक्षणका रूपमा दिने तयारी भइरहेको बताउँदै यसको प्रभावकारीताको आधारमा अन्य स्कुलमा पनि थप्दै जाने बताए। अहिले विद्यालय छनोट भइरहेको मन्त्री दुलालको भनाइ छ। उनले यसअघि प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको स्कुलमा नर्स कार्यक्रम पनि निक्कै प्रभावकारी भएको दाबी गरे। समावेसी, समतामूलक, व्यावहारीक र गुणस्तरीय शिक्षा निःशुल्क दिने परिकल्पनाका साथ प्रदेश सरकार लागेको मन्त्री दुलालले सुनाए। गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले लगानी बढाइरहेको उनले बताए। शिक्षाको गुणस्तर वृद्धिमा चरणबद्ध लगानी गरिरहेको उनले बताए। उनले प्रदेश सरकारको कुल बजेटको १४ प्रतिशत बजेट शिक्षामा छुट्याएको बताउँदै लगानीले मात्रै गुणस्तर वृद्धि नहुने बताए। गुणस्तर वृद्धिका लागि बालबालीकाको पोषण, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्रीमा ध्यान दिइरहेको मन्त्री दुलालको भनाइ छ। उनले मुलुक संघीयतामा गइसकेपछि शैक्षिक गुणस्तरका लागि संघीय सरकार र प्रदेश सरकारभन्दा पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले त्यहीअनुसार काम गर्न स्थानीय सरकारलाई आग्रह गरे। व्यावहारीक शिक्षामा अवका योजना, कार्यक्रम केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।