सिन्धु ईसाई केन्द्र गठन

न्युज अरनिको, बलेफी । Wednesday 08-Jan-2020 11:06 AM

२३ पुष,बलेफी ।जिल्लाका ख्रीस्टियनहरु संगठीत भएका छन् । सिन्धुपाल्चोक जिल्लामा भएका सम्पुर्ण ख्रीस्टियनहरुको हकहित साथै सम्पुर्ण छेत्रमा टेवा र सेवा दिने उदेश्यका साथ सिन्धु ईसाई केन्द्र गठन गरिएको छ ।
सिन्धु ईसाइ केन्द्रको जन्म भए सगै बिगत केही बर्षको ख्रीस्टमस तथा नयाँ सालको शुभकामना आदनप्रदान गर्दै आएको र त्यो सिन्धु ईसाइ केन्द्रलाई पुर्णता दिनका निम्ति सिन्धुपाल्चोकका पास्टरहरुको भेलाबाट समिति गठन गरिएको छ।
 भेलाले  सुवास सुन्दासको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पासटर कमल न्यौपाने, सचिवमा नारायण कार्की, सह सचिवमा मनोज बिक,कोषाध्यक्षमा नानीमैयाँ खड्का,सहकोषाध्यक्षमा पास्टर गौरव श्रेष्ठ चयन भए । सदस्यहरुमा पास्टर रमेशकुमार श्रेष्ठ, सिलास रम्तेल,औतार तामाङ,तोक बहादुर चौलागाईं, मिनकाजी तामाङ, निलनाथ पौडेल, भुपेन्द्र भन्डारी, रचना गहतराज,इन्द्रजित तामाङ,नेत्र प्रसाद पराजुली चयन भए ।