प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

न्युज अरनिको, काठमाण्डौ । Sunday 12-Jan-2020 01:57 PM

२७ पुस, हेटौंडा । प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।  प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।

प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन ।यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन मत परेको छ ।