सभामुखमा अग्नि सापकोटाको मनोनयन दर्ता

न्युज अरनिको, काठमाण्डौ । Tuesday 21-Jan-2020 12:33 PM

७ माघ ।  प्रतिनिधिसभा सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन्। 

सभामुखमा सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मण लाल कर्ण ,ओनसरी घर्तीमगर र देव गुरुङ रहेका छन्। मनोनयन दर्तापछि  नेता सापकोटाले प्रतिनिधिसभाको गरिमा उच्च राख्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ' यो जननिर्वाचित र सार्वभौम संस्थाको ओझ,गरिमा,मूल्य,मान्यता उच्च बनाइ राख्न भगिरथ प्रयत्न गर्नेछु।'

 सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।