सुनकोसीमा बहुप्राविधिक महाबिद्यालय संचालनको तयारी

न्युज अरनिको, बलेफी । Tuesday 21-Jan-2020 01:13 PM

७ माघ ।सुनकोसी गाउँपालिका ७ स्थित पाँग्रेटारमा बहुप्राविधिक महाविद्यालय संचालनका लागि सरोकारवालाहरु जुटेका छन् । सोमबार सेतिदेवी शारदा माध्यमिक विद्यालयमा एक अन्तरक्रिया गर्दै बहुप्राविधिक महाविद्यालय संचालनका लागि  प्रारम्भिक प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश सांसद सरेश नेपाल सहितको एक भेलाले सुनकोसी बहुप्राविधिक महाबिद्यालय संयोजन समिति नै गठन गरेको छ । महाबिद्यालय संचालनका लागि  शिक्षाविद् डाक्टर बिनोद नेपालको नेतृत्वमा पांग्रेटार र आसपासका जनप्रतिनीधि तथा स्थानीय शैक्षिक अगुवाहरु सम्मीलीत संयोजन समिति निर्माण गरेको छ । महाबिद्यालय संचालानार्थ गठन गरिएको संयोजन समितिमा बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामा, बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङ, सुनकोसी ६ का वडाध्यक्ष रामकुमार थामा, सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना र त्रिपुरासुन्दरी ६ का वडाध्यक्ष रामचन्द्र बुढाथोकी पदेन सदस्यका रुपमा रहेका छन् । त्यसैगरि संयोजन समिति सदस्यहरुमा रामकृष्ण पराजुली,  टपिन्द्र तिमल्सिना,सुर्यप्रसाद तिमल्सिना, केबी कार्की र मन्दिरा कायस्थ छन् । सेतिदेवी शारदा माविका प्रअ बासु जिसीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारले आवस्यक सहयोगको बचन दिएपछि लामोसाँघुमा बहुप्राविधिक महाबिद्यालय संचालनको लागि सरोकारवालाको भेला गरि संयोजन समिति निर्माण गरिएको हो । कुन कुन प्राविधिक विषयको अध्ययन अध्यापन गर्ने भन्नेबारे छलफल भइरहेको छ । वन बिज्ञान, होटल म्यानेज्मेण्ट जस्ता प्राविधिक विषय छनोट गरेर अध्यन अध्यापन गर्ने बताइएको छ ।