बाह्रबिसेमा नेकपाको ‘पार्टी स्कूल’ सम्पन्न

न्युज अरनिको, बलेफी Saturday 25-Jan-2020 06:39 PM

११ माघ । पार्टी एकताको सन्देस जनस्तरसम्म पु¥याउन नेकपा जिल्ला कमिटीको स्कुल विभागले बाह्रविसे नगरपालिकामा ‘पार्टी स्कुल’ कार्यक्रम गरेको छ । बाह्रविसे नगर कमिटीको व्यवस्थापनमा शुक्रबारदेखि जारी पार्टी स्कुल कार्यक्रम शनिवार सम्पन्न भएको छ । पार्टी नेताहरुको स्कुलिङपछि बाह्रविसे नगरका नेकपाका स्थानीय नेता कार्यकर्ताहरु पार्टी एकताको मर्म बोकेर गाउँ फर्कीए । बाह्रविसे नगर कमिटीका सदस्य तथा वडा कमिटकिा पदाधिकारी तहका एक सय हाराहारी स्थानीय नेता कार्यकर्ता सहभागी रहेको कार्यक्रममा नेकपाका नेता अरुण नेपाल, माधव सापकोटा, सरेस नेपाल, सुवास कर्माचार्य र सरल सहयात्री पौडेलले प्रशिक्षण दिएका थिए । पार्टी एकताको मुल मर्म, संगठन निर्माण र भावी र्कायदिशाबारे नेताहरुले प्रशिक्षित गरेका थिए । पार्टी एकताको मर्म र स्प्रीडलाई जनस्तर सम्म प्रवाह गर्नका लागि आयोजित पार्टी स्कुल कार्यक्रमले नगरतहका नेता कार्यकर्तामा उर्जा प्रदान गरेको नेकपा बाह्रविसेका सचिव ईन्द्रजित तिमल्सिनाले बताए । शुक्रबार पार्टी स्कुल उद्घाटनका दिन नेकपा केन्द्रिय सदस्यद्धय अरुण नेपाल र माधव सापकोटा र यूवा नेता सरल सहयात्री पौडेलले प्रशिक्षण दिएका थिए । शनिबार कार्यक्रम समापनका दिन नेताद्धय सरेस नेपाल र सुवास कर्माचार्यले नगरतहका नेता कार्यकर्तालाई प्रशिक्षित गरे । यस कार्यक्रमले पार्टी एकता र राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक परिस्थितीबारे बुझ्न सहज भएको नेकपा जिल्ला कमिटी सदस्य बुद्धराज बस्नेतले बताए । पार्टी एकताको लामो समयसम्म स्थानीयस्तरसम्म अन्यौल भइरहँदा अन्यौल चिर्न यो कार्यक्रम प्रभावकारी भएको बस्नेतले सुनाए । नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतले गाउँ गाउँमा पुगेर पार्टीको कार्यदिशाबारे जनस्तरसम्म प्रवाह गर्न सहभागीहरुलाई आग्रह गरे । पार्टी स्कुल कार्यक्रमसँगै शुक्रबार जनप्रतिनीधि र पार्टी कमिटीबिच अन्तरक्रियासमेत गरिएको छ । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, उपमेयर शुशिला पाख्रीनसहित वडाध्यक्षहरुसँग नगर र वडातहका नेताहरुले अन्तरक्रिया गरे । पार्टी कमिटीसँग समन्वय गर्दै स्थानीय विकासमा अघि बढ्न स्थानीय नेता कार्यकर्ताहरुले जनप्रतिनीधिसँग आग्रह गरेका थिए ।