ब्रेकिङ न्युज :

लामोसाँघुमा क्वारेन्टाईन

न्यूज अरनिको, बलेफी । Wednesday 01-Apr-2020 10:44 AM

१९ चैत ।बलेफी गाउँपालिका ८ स्थित लामोसाँघु बजारमा क्वारेन्टाईन निर्माण गरिएको छ ।बलेफी गाउँपालिका ८ नम्बर वडा कार्यालयले लामोसाँघु बजारस्थित सिलु लज रहेको घरमा क्वारेन्टाईन निर्माण गरिएको वडाध्यक्ष चरिबहादुर तामाङ ले बताउनुभयो ।
२० बेडको क्वारेन्टाईनमा प्रत्येक कोठामा छुटाछुटै शौचालय रहेको छ । एक कोठामा एक जना मात्र रहनेगरि व्यवस्था मिलाईएको छ  । 
बलेफी गाउँपालिका र आसपासमा शंकास्पद ब्यक्ति भेटिए उनीहरुलाई यहि क्वारेन्टाईनमा राखिने वडाध्यक्ष तामाङ ले बताउनुभयो ।स्वास्थ्यकर्मीसहित आवस्यक पर्दा प्रहरीसमेत यस क्वारेन्टाईनमा रहनेछन्  क्वारेन्टाईनमा बस्नेका लागि एक्लो महसुस हुन नदिन इन्टरनेटसमेत जडान गरिएको अध्यक्ष तामाङ लेसुनाउनुभयो ।  बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मंगलबार लामोसाँघुस्थित यस क्वारेन्टाईनको निरीक्षणसमेत गर्नुभयो ।