ब्रेकिङ न्युज :

बाह्रबिसे र बलेफीका ३ वडा सिल गर्ने निर्णय

न्यूज अरनिको, बलेफी । Saturday 16-May-2020 06:19 PM

बाह्रबिसे नगरपालिका ९ राम्चेकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृत्युको कारण पुष्टि नभएपनि बाह्रबिसे नगरपालिकाको ९ नम्बर वडा र बलेफी गाउँपालिकाको ७ र ८ नम्बर वडालाई सिल गर्ने निर्णय भएको छ । शनिबार साँझ जिल्ला सुरक्षा समितिको बैठकले मृतक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भनि स्वास्थ्य मन्त्रालयबाट जानकारी पाएपछि  जिल्ला सुरुक्षा समितिले मृतकको घर रहेको बाह्रविसे ९ र माईति क्षेत्र बलेफी ८ र ७ लाई सिल  गर्ने निर्णय गरेको हो । 
जिल्ला सुरक्षा समितिका अनुसार बाह्रबिसे  नगरपालिकाको ९ नम्बर वडा तथा  बलेफी गाउँपालिका ७ र ८ मा कोहीकसैलाई प्रवेश र बाहीर निस्कन दिईनेछैन । कोही कसैलाई पनि घर बाहीन ननिसकन भन्दै सुरक्षा समितिले नेपाल प्रहरी, सशसत्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय गरेको छ ।ति महिलाको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि क्वारेन्टाईनमा राखिने र उनीहरुको स्वाब  परीक्षणका लागी पठाईने पनि निर्णय भएको छ । 
मृतक महिला बाह्रविसे प्रथमिक स्वास्थ्य केन्द्रमा समेत चेकजाँचका लागि आएको देखिएकोले प्रास्वाके बाह्रविसेलाई पनि सिल गर्ने निर्णय भएको छ ।