ब्रेकिङ न्युज :

बाह्रबिसेका मेयर भन्छनः सडकमा नारावाजी गर्ने सबैलाई क्वारेन्टाईनमा राखौँ

न्यूज अरनिको, बलेफी । Saturday 16-May-2020 10:19 PM

३ जेठ ।कोरोनाकै कारण ज्यान गुमाउनुहुने हाम्री चेलीप्रति हार्दीक श्रदाञ्जली ब्यक्त गर्दछु । एकदमै निर्मम, निर्दयी खबर जो हामीले सुन्नुपरिरहेको छ । आज बाह्रविसे नगरपालिका शोकमा छ । हामीले त्रसित नबन्न आग्रह गर्दै आवस्यक भुमिका पनि निर्वाह गरिरहेकै छौं । र पनि नगरवासीमा एकखालको त्रासको अवस्था भने छ ।
उहाँको धुलिखेल अस्पतालमा मृत्यु भएपछि हामीले केहि इन्फर्मेशन पाएका थियौं । र हामीले हिजो जुरेक्षेत्रमा स्वास्थ्य परीक्षणको प्रवन्ध मिलाएर नगरपालिका छिर्नेहरुको धमाधम परीक्षण सुरु ग¥यौं । परिस्थितीलाई मध्यनजर गर्दै हामीले सावधानीका अनेकन कदम चाल्दा काँग्रेसका केहि साथीहरु झण्डा बोकेर सडकमा नारा लगाउँन थाल्नुभयो । पटक पटक भन्यौं उहाँहरु राजनीतिको रोटी सेक्न थाल्नुभो, हाम्रा आग्रह र अनुरोध लाई सुन्नुभएन । केहि जनप्रतिनीधिहरु नै चारतारे झण्डा बोकेर सडकमा निस्कनुभएकै हो । ९ नम्बर वडाको वडासदस्य(महिला) को छोराले मृतक महिलालाई भेटेको तथ्य फेला परेको छ । उहाँ स्वयं आजको जुलुसमा हुँदा संक्रमण कहाँ कहाँ भयो भन्ने गम्भीर शंकामा हामी छौं । 
सडकमा हुलदंगा गर्ने, नारा जुलुसमा उत्रने सबैलाई क्वारेन्टाईनमा राख्नुपर्ने देखिन्छ । जुलुसको नेतृत्व गर्ने हरिशरण श्रेष्ठसहितका सबैलाई क्वारेन्टाईनमा राखौं । आजै सावधानी अपनाईएन भने भोलीको अवस्था भयावह पनि बन्नसक्छ । प्रदेश सरकारका मन्त्री,  संंघीय सरकार र सांसदहरुसँग ठोस पहलकदमीका लागी छलफल भइसकेको छ । नगरवासीलाई मेरो आग्रह छः न आत्तिऔं, मनोबल उच्च बनाऔं, संयमित बनौं। (कुराकानीमा आधारीत)