ब्रेकिङ न्युज :

अध्यक्ष श्रेष्ठ भन्छन: अफवाहले हाम्रा मनोवल गिराउन सक्दैन

नानीराम नेपाल Sunday 17-May-2020 11:15 PM

न्युज अरनिकाे / जुगल सिन्धुपाल्चाेक

अाइतवार दिनभरी जसाे जुगल गाउँपालिकाका अध्यक्ष हाेमनारायण श्रेष्ठकाे माेबाइलकाे घण्टी बजिरह्याे । उनकाे मात्र हाेइन उनकाे कार्यलय र कर्मचारीका फाेन पनि उति नै व्यस्त भए । सन्दर्भ थियाे उनकाे र्यापिड टेस्टमा संकास्पद देखिए पछि पिसिअार परीक्षणका लागि स्वाव संकलन गरी टेकु पठाइएकाे थियाे । 

कतिपयले यसैलाइ लिएर काेराेना संक्रमण पुस्टी भए जसरी सामाजिक संजालमा प्रचार गरे । यसले जुगलमा एकाएक त्रासकाे वातावरण वन्याे । 


राती ९ :४५ मा पिसिअार परीक्षणकाे नतिजा नेगेटिभ अाए पछि सुखद खवर शेयर गरिहालुम जस्तो लाग्यो भन्दै उनले फेसबुकमा लामाे स्टाटस हालेका छन् । 


श्रेष्ठ लेख्छन्, 'संक्रमण क्षेत्रमा ट्राभल हिस्ट्रि भएका व्यक्तिको (भरलाग्दो प्रविधि नभएता पनि) कमसेकम RDT परीक्षण गर्ने जुगलको निर्णय छ । राम्चेकी महिलामा कोरोना संक्रमण पुष्टि भए पछि बैशाख २० गते जुगल स्थायी ठेगाना भइ हाल बाह्रविसे तातोपानी क्षेत्रमा वस्ने व्यक्तिहरुलाई राहत वितरणमा म र लालबहादुर श्रेष्ठ गएका थियौं । हाम्रो RDT परीक्षण गर्दा एउटा Clear Negative र एउटा (मेराेमा) संकास्पद थाेरै डट (हुन त नेगेटिभ नै थियाे) भए पछि मेरो स्वाव संकलन गरी हिजो बेलुका नै टेकु पठाइयो । भर्खरै रिपोर्ट आयो । PCR परीक्षण नतिजा नेगेटिभ आएको छ । अर्थात कोरोना संक्रमण नभएको पुष्टि भएको छ' ।


मेरो यो नतिजासंगै म संगै फ्रन्ट लाइनमा काम गर्ने सहकर्मीहरुको चिन्ताको सवाल पनि अलिक कम भएको छ । यस अर्थमा खुशी पनि लागेको छ । उनले भनेका छन् ।


दिनभर फैलिएकाे हल्लाले  टर्चर भएकाे भन्दै अनि थप्छन्  'यस बीचमा आफुलाई संचारकर्मी भन्न रुचाउने केही व्यक्तिहरुको अराजक फेसबुक स्टाटस र अफवाहले धेरैमा भ्रम सिर्जना गर्यो । मेरो परिवार, आफन्तजन तथा शुभचिन्तकहरुमा यसले ठुलो टर्चर भयो । कतिपय व्यक्तिहरु वास्तविकता बुज्न भन्दा पनि अफवाहकै पछि लागेर म, मैले नेत्रत्व गर्ने संस्था र यो विपत्तीमा म संगै अहोरात्र खटिने सहकर्मी माथि प्रत्यक्ष/अप्रत्यक्ष जाइलागे । कोरोना ल्याउने यिनै हुन भने जसरी प्रचार समेत गरिए । यसबाट हामीले भोगेको Stigma (लाञ्छना) र यसले पुरयाएको क्षती त फिर्ता हुदैन तर हामी एक रत्ती विचलित भएका भने छैनौं । किनकी हामी ठुलै विपत्तीका लागि समेत मानसिक रुपमा तयार भएर बसेका छौं । म र मेरो टीम आफनो ज्यानको संगसंगै सिगो गाउँपालिकाको जनताको स्वास्थ्य प्रति संवेदनशिल छ । हामी हाम्रो मुन्टो मात्र जोगाउने अभियानमा छैनौं' । अग्रपंक्तिमा काम गर्ने जनप्रतिनिधि, कर्मचारीहरुको मनोवल कमजोर हुने कुनै पनि गतिविधि नगरिदिनु हुन समेत उनले सबैमा अपिल गरेका छन् ।