ब्रेकिङ न्युज :

भारतमा एकै दिन ६ हजारमा कोरोना संक्रमण

न्यूज अरनिको, बलेफी । Wednesday 20-May-2020 08:04 AM

७ जेठ ।  छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । यहाँ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । यो सँगै बुधबार बिहान सम्म संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

बुधबार बिहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४६ जनाको मृत्यु भएको छ । यसैगरि भारतमा ४२ हजार कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।