ब्रेकिङ न्युज :

सिन्धुपाल्चोकको संकटमा न्यालमको सहयोग

न्यूज अरनिको, बलेफी । Wednesday 20-May-2020 08:12 AM

७ जेठ । कोरोना भाईरसका कारण सिन्धुपाल्चोकले पहिलो मृत्यु ब्यहोरेपछि चीन सरकारले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सीमावर्ती जिल्लामा कोरोनाको त्रास बढिरहँदा चीनको न्यालम कन्ट्रीले मंगलबार नेपाली अधिकारीहरुलाई १ करोड ३ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । 
मंगलबार सीमावर्ती न्यालम जिल्लाका प्रशासकले मितेरी पुलमा आई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । नेपाल चीन सीमा मितेरी पुलमा नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायत सुरक्षा अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । 
न्यालम जिल्लाबाट सहयोगस्वरुप प्राप्त  सामाग्रीमा १ लाख ३० हजार थान सर्जिकल मास्क, ११ सय थान पीपीई सेट,१५ सय थान एन नाइनर््टीफाइभ मास्क, १५ सय आरडीटी किटस् र १ सय  ८ थान ईन्फ्रारेड थर्मोमिटर रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउँनुभयो । 
स्वास्थ्य सामाग्री ग्रहण तथा हस्तान्तरणमा सामाजिक दुरी कायम गर्दै मितेरी पूलमा दुवै तर्फका प्रशासकले पालैपालो हस्ताक्षर गर्नुभएको थियो।