ब्रेकिङ न्युज :

 जुगलमा स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना जोखिम बीमा 

न्यूज अरनिको, बलेफी । Thursday 21-May-2020 09:48 AM

८ जेठ । जुगल गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतीनिधीको कोरोना जोखिम बीमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाकाको आकस्मिक बैठकले  स्वास्थ्यकर्मी, जनप्रतिनीधि र कर्मचारीको एक लाख बराबरको कोरोना जोखिम बीमा गर्नेसहित अन्य विभिन्न निर्णय गरिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 
स्वास्थ्यकर्मी र कर्मचारीलाई अग्रभागमा खटिँदा कोरोना संक्रमण पुष्टि भएका बीमा रकम पाउनेछन् । जनप्रतिनीधिका हकमा भने जनप्रतिनीधि स्वयंले बीमा शुल्क व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।संभावित जोखिमलाई ध्यान दिँदै विभिन्न स्थानमा सुरक्षित आवास स्थल समेत निर्माण गर्ने निर्णय भैको छ । सेलाङ मावि, कालिदेवी मावि, रत्नराज्य मावि, डल्लेपोखरी, हगाम, जलदेवी र गोल्चे बगरमा सुरक्षित आवास निर्माण गर्न लागिएको हो । 
गाउँपालिकाभित्र प्रवेश गर्ने जो कोहीलाई पनि अनिर्वा रुपमा १४ दिन क्वारेन्टाईनमा राख्ने निर्णय पनि गरिएको छ । ‘कोही ब्यक्ती गाउँपालिकाभित्र प्रवेश गरेको छ भने १४ दिन अनिावार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरियो’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, –‘संक्रमण परीक्षणको दायरा पनि अब बढाउँदैछौं ।’