सरकारी जग्गा जोगाउन जुटे जनप्रतिनीधि

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 07:34 AM

१३ असार ।
सरकारी जग्गामा हकदावी गर्दै एक ब्यक्तीले बारम्बार विवाद सिर्जना गरिरहेपछि बलेफी गाउँपालिकाका जनप्रतिनीधि सरकारी जग्गा जोगाउनमा जुटेका छन् । बलेफी ५ का स्थानीय तोयानाथ तिमल्सिनाले सरकारका नाममा नापी भइसकेको जग्गामा हकदावी गर्दै मुद्धा मामिलामा लागेर बारम्बार किचलो गर्न थालेपछि स्थानीय जनप्रतिनीधि जग्गा जोगाउनमा जुटीरहेका हुन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय समेतलाई बिपक्षी बनाईबलेफी ५ का तोयानाथ तिमल्सिनाले दर्ता गरेको रिट अदालतले खारेज गरिदिएपछि बलेफी ४ मा अवस्थित सानीटारको सरकारी जग्गा गतसाल कित्ताकाट गरियो ।  स्थानीय जनप्रतिनीधिले नापी कार्यालयबाट अमिन झिकाई सरकारी जग्गाको चार सिमानामा किला टोकेर कित्ताकाट गरे । सरकारकै नाममा नापी भईकायम भएको सोही जग्गामा पुनः विवाद उत्पन्न भएपछि शुक्रबार स्थानीय जनप्रतिनीधिले नै सानीटार बगर छिर्ने सडकमा ब्यक्तिले बनाएको फलामे गेट तोडिदिएका छन् । बगरमा हकदावी गर्दै आएका स्थानीय तोयानाथ तिमल्सिनाका परिवारलेजनप्रतिनीधिसहित स्थानीय अगुवाहरुलाई बगरमै थुनेर भागेपछि बगर छिर्ने सडकमा बनाइएको फलामे गेट भत्काईएको हो । स्थानीय अगुवा र संचारकर्मी सहित सानीटार पुगेका बलेफी ४ का वडाध्यक्ष कालीप्रसाद तामाङ,  बलेफी ५ का वडाध्यक्ष बिकास श्रेष्ठ शुक्रबार सानीटार पुगेका थिए ।
पर्यटन बिभागले सुनकोसी नदीलाई¥याफटीङ हव बनाउने उदेस्यसहित ५० लाख बजेटमा पर्यटकीय भवन संरचना निर्माणका लागी सानीटारको बगर क्षेत्र रोजेको थियो । कामको जिम्मा लिएर सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ सानीटार आउँदा बगर नै हकदावी गर्दै आएका तोयानाथ तिमल्सिनाको परिवारले अवरोध गरेका थिए । 
बगरछेउमा रहेको जालपादेवी माध्यमिक विद्यालयको नाममा रहेको जग्गाको स्थलगत निरीक्षणमा जाँदा तिमल्सिनाको परीवारले आफुहरुलाई बगरमै थुनेर सडकको गेटमा ताला लगाई भागेको वडाध्यक्ष कालीप्रसाद तामाङले बताए । ‘बिद्यालयसँग सहमति भएपछि बिद्यालयकै जग्गामा ¥याफटीङका लागी संरचना बनाउने भनेर हामी जाँदा उहाँहरुले अवरोध गर्नुभयो, हामी भित्र छिरेपछि गेटमा ताला लगाएर भाग्नुभयो’, तामाङले भने, ‘त्यसपछि मुचुल्का तयार गरी गेट भत्काएका हौँ ।’
स्थानीय बयोबृद्ध सुर्यनाथ नेपालका अनुसार सानीटार बगर छिर्ने ठाउँमा अरनिको राजमार्गसँगै जोडीएको केहि जग्गा तोयानाथ तिमल्सिनाको नाममा छ । सोही जग्गा देखाएर तिमल्सिनाले बर्षौदेखि सरकारी जग्गा हकदावी गर्दै मुद्धा मामिला गर्दै आएको  सुर्यनाथ बताउँछन् ।
उच्च अदालतले तिमल्सिनाको रिट खारेज गरेपछि उनी पुनः जिल्ला अदालतमा पुगेका थिए ।