
१५ असार । चीनले कोरोना भाइरस (कोभिड –१९ ) विरुद्ध नयाँ खोपको विकास गरेको दाबी गरेको छ । यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको र सुरक्षित देखिएको चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले जानकारी दिएको छ ।
खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ । अनुसन्धानकर्ताहरूले यसले कोरोनाविरुद्धको लडाइँमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरूमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ ।
दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ । त्यसपछि आमरूपमा प्रयोगमा ल्याइन्छ। रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago