एक कोरोना संक्रमितको मृत्युः मृतकको संख्या २९ पुग्यो

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 11:44 AM

१५ असार । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । गएराती 
अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताउनुभयो ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।