पाखा–बारीमा उम्रिएका गाँजाका बोट फाँड्दै प्रहरी

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 07:01 PM

 १५ असार । चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा गरि ३  हजार बढि गाँजाका बोट नष्ट गरिएको छ । चौसागढी  ४, ५ र १० नम्बर वडाका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।  सोमबार  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नृतृत्वमा खटीएको टोलीले १६ सय भन्दा बढि गाँजाका बोट नष्ट गरेको हो । नगरपालिकाको ४ र ५ नम्बर वडा क्षेत्रभित्र झण्डै ५ रोपनी जग्गामा उम्रीएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रनाउ काफ्लले बताउनुभयो । 
सोमबार नै चौसागढी गरपालिका १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट ग¥यो । लागु पदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लैभर भीर, पाखा र ब्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गरिने प्रनाउ काफ्लले बताउनुभयो ।