पाँचपोखरीले मनायो धान दिवस 

न्यूज अरनिको, बलेफी । Monday 29-Jun-2020 09:53 PM

१५ असार । धान उत्पादनमा बृद्धिः आत्मनिर्भर र समृद्धि भन्ने नारासहित पाँचपोखरी थाङ्पाल गाउँपालिकालेराष्ट्रियधान दिवस मनाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ स्थित थाङ्पालधाप टारमा १५ रोपनी खेतमा धान रोपाईँ गर्दै राष्ट्रिय धान दिवस मनाइएको हो ।
गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको रोपाईँमा गाउँपालिका अध्यक्षसहित जनप्रतिनीधिहरु लाठे र रोपार बनेर खेतमा  पसेका थिए । धान उत्पादनमा कृषकलाई प्रोत्साहन गर्ने उदेस्यले गाउँपालिकाकै आयोजनामा धान दिवसका अवसरमा रोपाईँ गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । 
असार १५ किसानहरुको पर्वका रुपमा विकास भइरहेको भन्दै यसवर्ष किसानका खेतमा रोपाईँ गरि राष्ट्रिय धान दिवस मनाइएकोगाउँपालिकाका कृषि विकास शाखा प्रमुख निमराज गिरीले बताउनुभयो ।